देबभूमी खवर–
१ बैशाख २०७७, नवलपुर ।
अगिल्लो दिनको तुलनामा बिश्वमै आज कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा कमी भएकोे छ । त्यस्तै, नयाँ संक्रमित हुनेको संख्या समेत घटेको वल्डओमिटरले देखाएको छ ।
नेपाली समय अनुसार बिहान ५ः३० मा हिजोको तुलनामा हताहती हुने संख्या ७ सय ११ ले घटेको छ भने नयाँ संक्रमितको संख्यामा समेत ९ हजार ५ सय ३९ ले घटेको छ ।
अहिलेको नयाँ सक्रमितः ७१ हजार ४ सय २२
हिजोको नयाँ संक्रमितः ८० हजार ९ सय ६१
अहिलेको मृत्यु संख्याः ५ हजार ३ सय ८१
हिजोको मृत्यु संख्याः ६ हजार ९२
२ सय १० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा संक्रमण फैलिँदा १८ लाख ५१ हजार २ सय ६४ मा संक्रमण पुष्टि भएकोमा ४ लाख २२ हजार ५ सय ७२ मानिस उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ ।
कोरोनाका कारण बिश्वभर १ लाख १४ हजार १ सय ६० कोे ज्यान गएको छ । कोरोना संक्रमणका कारण अमेरिकामा मात्रै २२ हजार ९० जनाको ज्यान गएको छ । ५ लाख ६० हजार ५५ जनामा संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार ५ सय १३ जनाको ज्यान गएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment