देबभूमी खवर–
१ बैशाख २०७७, नवलपुर ।
एसिया महादेशकै मुलुक चीनबाट फैलिएको कोरोना संक्रमणबाट एसियामा १ लाख ४६ हजार ४ सय ८४ जना पूरै निको भएका छन् । २ लाख ९८ हजार १ सय १० जनामा संक्रमण देखिदा करीब ५० प्रतिसत निको भएका छन् ।
१ लाख ४० हजार ६ सय ३९ जना बिरामी अहिले पनि उपचाररत रहेको तथ्याङ्क अपडेट छ ।
एसिया महादेशमा अहिलेसम्म १० हजार ९ सय ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो संक्रमित संख्याको प्रतिसत जम्मा ३ दशमलव ७ प्रतिसत मात्र हो । जवकि बिश्वभरीमा ज्यान गुमाउनेको प्रतिसत ६ दशमलव २ प्रतिसत रहेको छ ।
नेपालका २ छिमेकी मुलुक मध्येको चीन एसियामा सबैभन्दा बढी संक्रमण फैलिएको मुलुकअन्तर्गत रहेको छ । अहिलेसम्म चीनमा ८२ हजार ५२ मा संक्रमण पुष्टि भएको छ भने ७७ हजार ५ सय ७५ जना पुरै निको भएका छन् । संक्रमणलाई नियन्त्रणमा लिईएको भनिएपनि चीनमा १ हजार १ सय ३८ जना अझै पनि उपचाररत छन् । १ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै, दोस्रो छिमेकी देश भारत एसियामा छैटौ बढी संक्रमित देशको सूचीमा छ । यता नेपालको छिमेकी देश भारत उच्च जोखिमको स्थितिमा गुज्रिएको छ । भारतमा संक्रमितको संख्याका साथसाथै ज्यान गुमाउनेको संख्यामा बृद्धि भईरहेको छ ।
भारत बिश्वमै बढी संक्रमित हुनेमध्ये २२ औं स्थानमा रहेको छ । भारतमा अहिलेसम्म ९ हजार २ सय ५ जनामा कोभिड १९ संक्रमण पुष्टि हुँदा १ हजार ८० जना भने निको भएका छन् ।
भारतमा ७ हजार ७ सय ९४ जना अहिले पनि उपचाररत छन् कोरोनाका कारण भारतमा ३ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा ७ सय ५९ जना नयाँ संक्रमित पहिचान भएका हुन् भने ४३ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको हो ।
एसियामा ४८ देशमा कोरोना फैलिएको छ । नेपाल ४५ औ संक्रमित मुलुकको सूचीमा रहेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment