Monday, April 13, 2020


देबभूमी खवर–
१ बैशाख २०७७, नवलपुर । 
कोरोना संक्रमण सहित यससँग सम्बन्धित धेरै तथ्याङ्कलाई अद्यावधिक गर्दै आईरहेको वल्डओमिटर वेवसाईटले दक्षिण एसियाली मुलुक सार्क अन्तर्गतका ८ देशमा भारत धेरै संक्रमण हुने र मृत्युदर समेत धेरै भएको सुचीमा देखाएको छ । 

दोस्रोमा पाकिस्तान रहेको छ । पाकिस्तानमा ५ हजार २ सय ३० जना संक्रमित छन् । तीमध्ये ४ हजार १ सय ११ जना उपचाररत छन् भने १ हजार २८ जना निको भएका छन् । 

पाकिस्तानमा ९१ जनाले ज्यान गुमाएका छन् । 

सार्क मुलुकको तेस्रो संक्रमण मुलुकमा बंगलादेश रहेको छ । बंगलादेशमा ६ सय २१ जनामा संक्रमण देखिएको छ । बंगलादेशमा ३४ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा ५ सय ४८ जना उपचाररत छन् । ३९ जना निको भएका छन् ।

अफगानिस्तानमा ६ सय ७ जना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको बिवरणमा समावेश छ भने ५ सय ५७ जना उपचाररत छन् संक्रमितमध्ये ३२ जना निको भएको तथ्याङ्कमा अद्यावधिक रहेको छ । 

यस्तै श्रीलंकामा २ सय १० जना संक्रमितमध्ये ७ जनाको ज्यान गएको छ । ५६ जना निको भएका छन् । १ सय ४७ जना अस्पतालमा उपचार गराईरहेका छन् ।

संक्रमित संख्या कम हुने सार्क मुलुकमा भुटान, नेपाल र माल्दिभ्स छन् । 

यी ३ देशमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । माल्दिभ्समा २० जना मध्ये १३ जना निको भएको र ७ जना उपचाररत छन् । नेपालमा १२ जनामध्ये  १ जना निको भएका छन् भने ११ जना उपचाररत छन् । 

यस्तै, ५ जनामा मात्र कोरोना संक्रमण भेटिएको भुटानमा २ जना निको भएका छन् । 

भारत बिश्वमै बढी संक्रमित हुनेमध्ये २२ औं स्थानमा रहेको छ । भारतमा अहिलेसम्म ९ हजार २ सय ५ जनामा कोभिड १९ संक्रमण पुष्टि हुँदा १ हजार ८० जना भने निको भएका छन् । 
भारतमा ७ हजार ७ सय ९४ जना अहिले पनि उपचाररत छन्  कोरोनाका कारण भारतमा ३ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा ७ सय ५९ जना नयाँ संक्रमित पहिचान भएका हुन् भने ४३ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *