खगेन्द्र पराजुली,
३० चैत्र, २०७६, नवलपुर ।
देबचुली नगरपालिकाको फुड बैंकमा आज एकैदिन २ लाख ८१ हजार ३ सय ७६ रुपैंया जम्मा भएको छ ।
आज आईतवार देबचुली नगरपालिकाभित्र रहेका २० वटा सहकारीहरुको तर्फबाट नगर सहकारी सञ्जालले संयुक्त रुपमा एक लाख दश हजार दश रुपैंया बरावरको चेक प्रदान गरेको हो ।
यसैगरी प्रगतिनगरमा प्रधान कार्यालय रहेको नवप्रगति पृथ्वी साकोसले खाद्य बैंकमा पचास हजार एक सय रुपैंयाको चेक हस्तान्तरण गरेको सहकारीका अध्यक्ष मानसिंह खत्रीले जानकारी दिनुभयो ।
यस्तै देबचुली १६ र १७ अन्तर्गत रहेको धुसेरी सामुदायिक वन उपभोक्ता समूह, रजहरले नगरपालिकाद्धारा स्थापित फुड बैंकमा १ लाख रुपैंयाको चेक प्रदान गरेको सामुदायिक वनका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले बताउनुभएको छ ।
यस्तै, देवचुली १,२,४ र ५ को अमर ज्योति सामुदायिक वन उपभोक्ता समूहले पनि आजै १० हजार १ सय ५५ रुपैंया सहयोग गर्ने निर्णय अनुसार चेक हस्तान्तरण गरेको अध्यक्ष टुकलाल रूचालले जानकारी दिनुभएको छ ।
यस्तै, दलदलेमा रहेको राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कका प्रोप्राईटर सिद्धार्थ क्षेत्रीले खाद्य बैंकमा ११ हजार १ सय ११ प्रदान गर्नुभएको देबचुली नगरपालिकाले जनाएको छ ।
तस्बीर सबै देबचुली नगरपालिकाबाट
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment