खगेन्द्र पराजुली,
३० चैत्र, २०७६, नवलपुर ।
देबचुलीमा गाँजा बेच्ने र किन्ने पक्राउ परेका छन् । आज आईतवार देबचुली ९ बिशालटारका गाँजा बेच्ने ५५ बर्षका दिलबहादुर सारु तथा गाँजा खरिद गर्ने देबचुली ४ का ३५ बर्षका हाकु बि.क. र देबचुली ४ कै अर्जुन बि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले दिनुभएको जानकारी अनुसार देबचुली ७ रामवासमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको बा ९४ प ७६६८ नं.को पल्सर मोटरसाईकलमा आएका बि.क.द्वयलाई शंका लागी चेकजाँज गर्दा मोटरसाईकलको पछाडी बस्ने अर्जुन बिकको साथबाट २५० ग्राम लागु औषध गाँजा फेला पारी सोधपुछ गर्दा गाँजा बेच्ने बिशालटारका सारुलाई समेत नियन्त्रणमा लिईएको हो ।
बिक्रेता सारुको घर खानतलासी गर्दा ७ के.जी. गाँजा फेला परेको समेत प्रहरीले जनाएको छ ।
ती तिनै जना उपर अनुसन्धान भई रहेको तथा उनीहरुलाई लागुऔषध (गाँजा) शिर्षकमा मुद्दा चलाईने कार्यालयले जनाएको छ ।
यो संकेतका लागी प्रयोग गरिएको फाईल तस्बीर हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment