खगेन्द्र पराजुली,
३० चैत्र, २०७६, नवलपुर ।
नवलपुरमा स्थानीय तहमा पठाईएका र्यापिड टेष्ट (आरडीटी) किट मार्फत ६६ जनाको परिक्षण भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र दुम्काैली, देवचुली १ र देवचुली स्वास्थ्य चाैकी, देवचुली ७, रामबासमा RDT मार्फत स्वास्थ्य जाँच परिक्षण गर्दैगर्दाको तस्बीर .
परिक्षणमा सबैको रिपोर्ट सामान्य आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।
नवलपुरमा प्राप्त ४ सय ९२ किटमध्ये ६२ जनाको परिक्षण भएको हो ।
आज नवलपुरको देबचुलीमा १५ जनाको, गैडाकोटमा ४ जनामा, हुप्सेकोटमा ३३ जनामा र कावासोतीमा १० जनामा परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
यस्तै हिजो गैडाकोटमा ५ जनाको परिक्षण भएको थियो ।
यो परिक्षण बिदेशबाट आएका १४ दिन कटेका तथा २१ दिन ननाघेका ब्यक्तिहरुमा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment