खगेन्द्र पराजुली,
२९ चैत्र, नवलपुर ।
देबचुलीको खाद्य बैकमा राहत स्वरुप सहयोग आउने क्रम अझ पनि जारी छ । कोरोना संक्रमणपछि बिकसित लकडाउनका कारण दैनिक ज्यालादारी, मजदुरी गर्ने र बिपन्न परिवारमा बिहान बेलुकाको छाक टार्न परेको असहज परिस्थितिमा मदत पुगोस् भन्ने उदेश्यले महाराजा सामुदायिक वन उपभोक्ता समुह देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर ले सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।
वन समूहका अध्यक्ष गनबहादुर राना र सचिव गोमा दवाडीले नगर प्रमुख पूर्णकुमार श्रेष्ठलाई एक लाख पाँच हजार रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सहयोग चेक हस्तान्तरण गर्ने क्रममा नगरउपप्रमुख पार्वता तिवारी तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालको समेत उपस्थिति रहेको थियो ।
यस्तै, आँपचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति रजहरले समेत खाद्य बैकमा सहयोग गरेको छ ।
खानेपानी संस्थाले चेक मार्फत एघार हजार एक सय एघार रुपैंया सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष धनबहादुर केसी क्षेत्री र सह–सचिव ईश्वरबहादुर लोहोनी ले संस्था र संस्थाका उपभोक्ताबाट संकलित रकम चेक मार्फत हस्तान्त्ररण गर्नुभएको हो ।
यस्तै, फुड बैंकमा देवचुली नगरपालिकाका सुचना अधिकृत अविनास पन्थी, पुर्वाधार विकास शाखाका ईन्जिनियर सन्तोष काफ्ले, देबचुली नगरपालिकामा बातावरणबिद्का रुपमा काम गर्नुभएका पूर्व कर्मचारी धुर्व आचार्य, पूर्व कर्मचारी दिपक शर्मा, सव–ईन्जिनीयर सुनिल चौधरी, सव–ईन्जिनीयर छविलाल गौतम, वडा नम्वर ९ का वडा सचिव हरि प्रसाद पोख्रेलमार्फत संयुक्त रूपमा २५ हजार ५सय २५ रुपैया प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment