खगेन्द्र पराजुली,
२९ चैत्र, नवलपुर ।
नवलपुरमा आज ओपीडीमा आउने बिरामीको संख्या हिजोको तुलनामा आज आधा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङ्कमा आज नवलपुरमा २ सय २५ जनाले सरकारी संस्थावाट ओपीडीमार्फत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
यहाँ हिजो ५ सय ३४ जना ओपिडीमा आएको बिवरणमा उल्लेख रहेको थियो ।
आज शनिवार २ सय २५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेमध्ये २७ जनामा ज्वरो देखिएको छ ।
यस्तै, जिल्लाभर क्वारेन्टाईनमा ८२ जना मात्रै रहेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment