खगेन्द्र पराजुली,
२९ चैत्र, नवलपुर ।
नवलपुरमा प्राप्त र्यापिड टेष्ट (आरडीटी) किट आज प्रत्येक पालिकामा बितरणपछि गैंडाकोटबाट परिक्षण शुरु भएको जनाईएको छ ।
हिजो साँझ नवलपुरमा आएको स्वास्थ्य सामग्री आज शनिवार सार्वजनिक बिदा भएपनि नवलपुरका आठमध्ये सात वटा पालिकामा बितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
वहाँका अनुसार आजै गैंडाकोटको पितौंजीघाट हेल्थ पोष्टबाट किटमार्फत ५ जनाको कोरोना परिक्षण भएकोमा कसैमा पनि कोरोना भाईरसको संक्रमणका लक्षण देखिएको छैन ।
स्वास्थ्य प्रमुख चापागाईका अनुसार गैंडाकोटमा ४०, देबचुलीमा ६०, कावासोतीमा ६०, मध्यबिन्दुमा ६०, हुप्सेकोटमा ६०, बिनयी–त्रिबेणीमा ६०, बुलिङटारमा ४० थान र्यापिड टेष्ट किट पठाईएको छ भने बौदीकालीका लागी ४० थान किट छुट्याएको छ ।
अहिले उपलब्ध किटमार्फत भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिएका १४ देखि २१ दिनभित्रका ब्यक्तिहरुको परिक्षण गरिने छ ।
नवलपुरमा गत फागुन अन्तिम सातादेखि हालसम्म ८ सय ६० जना नवलपुरमा भित्रिएको तथ्याङक रहेकोमा चैत्र ७ गते भन्दा अगाडीको संख्या ४ सयको हाराहारीमा रहेको छ ।
सोही तथ्याङका आधारमा पहिलो चरणमा बिदेशबाट आएकाहरुको र्यापिड टेष्ट गर्न अहिले प्राप्त ४ सय ९२ किट पर्याप्त रहेको वहाँले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment