Friday, April 10, 2020


खगेन्द्र पराजुली, 
चैत्र २८, नवलपुर । 

नवलपुरमा र्यापिड टेष्ट (आरडीटी) किट आईपुगेको  छ । 

आजै गण्डकी प्रदेश राजधानी पोखराबाट पठाईएका सामग्री सहित एक टोली नवलपुरस्थित देबचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली आईपुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो । 

वहाँका अनुसार ४ सय ९२ थान र्यापिड टेष्ट (आरडीटी) १६ थान एन् ९५ मास्क र क्लोरिन पाउडर नवलपुरका लागी आएको बताउनुभयो । 

नवलपुरमा भ्याक्सिनहरु राख्नका लागी दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ब्यवस्थित भण्डारणको ब्यवस्था भएकाले अहिले सामग्री रुजु भइसकेको नवलपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिनुभएको होे । 

प्राप्त स्वास्थ्य सामाग्री भोली शनिवार भएपनि जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखामा पठाउने तयारीमा रहेको समेत वहाँले बताउनुभएको छ । 

प्रमुख चापागाईका अनुसार आरडीटीले सामान्यतया रगत परिक्षण गर्दा पोजेटिभ र नेगेटिभ मध्ये एक साईन देखाउँछ । नेगेटिभ आए संक्रमण नभएको नै भैहाल्यो । पोजेटिभ आएमा त्यसपछि बल्ल बिरामीको स्वाव परिक्षणका लागी अर्को प्रक्रियामा लाग्न छिटो निर्णयमा पुर्याउने बिधि रहेको प्रष्ट्याउनुभयो । 

वहाँले यसबाट १५ मिनेटमै परिक्षणको नतिजा प्राप्त गर्न सकिने  बताउनुभयो । 

वहाँले आरडीटीमा पोजेटिभ आईहाले पनि  कोरोना नै हो भनेर पुष्टि गर्न भने स्वावको परीक्षण रिपोर्ट चाहिने बताउनुभयो । 

नेपाल सरकारले सातै प्रदेशमा कोरोनाको द्रुत परीक्षण  गर्ने निर्णय गर्दै गण्डकी प्रदेशलाई बुधवार ५ हजार  थान र्यापिड टेष्ट किट र अन्य स्वास्थ्य सामाग्री पठाएको थियो । 

गण्डकीले हिजो बिहीबार बाग्लुङमा सो किटको प्रयोग सम्वन्धि प्रशिक्षण र परिक्षण दुबै गरेको हो । 

आज शुक्रवार  गोरखा, लमजुङ र नवलपुर जिल्लाका लागी र्यापिड टेष्ट किट र स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीको टोली हिडेका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *