खगेन्द्र पराजुली,
२७ चैत्र, नवलपुर ।
कोरोना आशंकामा भर्ना भई कोरोना नेगेटिभ पुष्टि भएका नवलपुरका एक बिरामीको ज्वरो फेरी बढेकाले आज पनि डिस्चार्ज दिन नसकिएको जिल्ला अस्पतालले जनाएको छ ।
मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरका कोरोना फोकल पर्सन डा. पुस्कर पौडेलका अनुसार हिजो रिपोर्ट नगेटिभ आएका हुप्सेकाट ६ का २० बर्षका युवामा हिजो र अस्ती २ दिन ज्वरो घटेको तर पखाला नरोकिएकाले हिजो डिस्चार्ज गरिएको थिएन । सुधार भएमा आज डिस्चार्ज दिन खोजिएकोमा ज्वरो फेरी बढेकाले अन्य परिक्षण भएको छ ।
वहाँले बिरामीमा कोरोना नेगेटिभ पुष्टि भईसकेकाले र त्यससँग सम्बन्धित लक्षण नदेखिएकाले अन्य परिक्षणका आधारमा आएको रिपोर्ट अनुसार उपचार भईरहेको बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment