Wednesday, April 8, 2020



देबभूमी खवर–
२६ चैत्र, नवलपुर । 

महामारीका समयमा सरकारले बिशेष परिस्थिति महशुस गर्दै चालेको कदम लकडाउनमा सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै पर्वत प्रहरीले दैनिक मानिसहरु पक्राउ गर्ने र केही समय नियन्त्रणमा राखी ब्यायाम गराउँदै छोड्दै गरेको छ । 

सोमवार ११ जनालाई नियन्त्रणमा लिई रचनात्मक क्रिया (ब्यायाम) गराएर छोडेको भए पनि आज बुधवार फेरी १४ जनालाई नियन्त्रणमा लिई सोही अभ्यासलाई निरन्तरता दियो । 
त्यस्तै, ७ जनाको मोटरसाईकलको चाबी खोसी आवाश्यक कारवाहीको लागी नियन्त्रणमा लिएको प्रहरी कार्यालय पर्बतले जनाएको छ । 

यस्तै, कार्यालयबाट खटिएको प्रहरी टोलीले २ वटा बोलेरो जीप नियन्त्रणमा लिएको छ । जीपमा अत्यावश्यक खाद्य सामग्रीको बीचमा मदिराजन्य पदार्थ समेत ओसारपसार भएको भेटिएपछि जीप नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रक्रिया अगाडी बढाएको छ । 

प्रहरीले ग १ ज ७२११ र लु १ ज ३५३८ नम्वरका जीप नियन्त्रणमा लिएको हो । 


जीपबाट ट्वानटी–ट्वान्टी नामक मदिरा ४८ बोतल , ड्रागन बियर २ कार्टुन र पानस नामको मदिरा ३०० बोतल जफत गरेको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *