खगेन्द्र पराजुली,
२६ चैत्र, नवलपुर ।
नवलपुरको मध्यबिन्दु जिल्ला जिल्ला अस्पतालमा कोरोनाको आशंकामा आईशोलनमा रहेका २ जनाको रिपार्ट नेगेटिभ आएको छ ।
हिजो मंगलवार कोरोना आशंकामा स्वाव परीक्षणका लागी पठाईएको थियो । चितवनको भरतपुरमा नवलपुरका २ जनाको स्वाव परिक्षण भएको मध्यबिन्दु जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. पुस्कर पौडेलले जानकारी दिनुभयो ।
डा. पौडेलका अनुसार हुप्सेकाट ६ का २० बर्षका किशोर लालसेन ठकुरी चैत ८ गते भारतको उत्तराखण्डबाट नेपाल आएका थिए । ९ गते घर आईपुगेका उनलाई १९ गते ज्वरोसँगै पखाला लागेपछि २३ गते उनका बुवा देबबहादुर सेन ठकुरीले अस्पताल ल्याएका थिए ।
उच्च ज्वरो समेत देखिएको र भारतबाट आएको ट्राभल हिस्ट्री समेत रहेकाले अस्पतालमा ल्याएका ५६ बर्षका बाबुको पनि स्वाव परिक्षणका लागी नमूना लिईएको थियो ।
कोरोना संक्रमण नदेखिएपछि आजै लालसेनका बावालाई अस्पतालले डिस्चार्ज दिएको छ । यद्यपि, लालसेनको ज्वरो घटेपनि पखाला नरोकिएकाले भोलीसम्म उनलाई डिस्चार्ज नदिईने डा. पौडेलले बताउनुभयो । आजै उनलाई आईशोलेसनबाट जनरल वार्डमा सारिएको कोरोना फोकल पर्सन डा. पौडेलले बताउनुभयो ।
योसँगै नवलपुरका कोरोना आशंकामा परिक्षण गरिएका कसैलाई पनि कोभिड १९ संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment