खगेन्द्र पराजुली,
२७ चैत्र, नवलपुर ।
नवलपुरमा रहेको अहिलेको मौज्दात खाद्य बस्तुले ३ महिनासम्म नवलपुरमा खाद्य अभाव नहुने अनुमान गरिएको छ ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले नवलपुर जिल्ला धान, मकै, तोरी उत्पादन बढी हुने जिल्ला भएकाले पनि यहाँ यकिन बिवरण नभए पनि यथेष्ठ उत्पादन अधिकांश घरमा संचित रहेको बताउनुभयो ।
वहाँले बिल तथा स्टकका आधारमा नवलपुर मिल ब्यवसायी संघले उपलब्ध गराएको बिवरणमा खाद्य मिलमा १५ हजार क्वीन्टल धान र ९ क्वीनन्टल तोरी मौज्दात रहेको बताउनुभयो ।
संघका अध्यक्ष पोख्रेलले नवलपुरका खाद्य मिल तथा कावासोतीको ठूला खाद्य स्टोर्समा गरी ४ हजार ६ सय क्वीन्टल हाराहारी चामल स्टक बसेको बताउनुभयो ।
त्यस्तै, कावासोतीमा मात्र मसुरोको दाल ९ क्वीन्टल, खानेतेल तोरी र सूर्यमुखीका २ हजार कार्टुन, नून १ सय ७५ बोरा, चिनी ५सय बोरा, मौज्दात रहेको बताउनुभयो । योसँगै, साना पसलहरुमा समेत खाद्य बस्तु मौज्दात रहेको हुनसक्ने होलसेल स्टोर्सलाई उधृत गर्दै पोख्रेलले तथ्याङ्क दिनुभएको हो ।
वहाँले बजारमा ग्यासको अभाव नरहेको समेत जनाउनुभएको छ ।
फरक प्रसंगमा वहाँले सरकारले बाँडेको राहत भनेपछि मध्यम बर्गका समेत लाईनमा बस्ने र राहत लिने गरेको अवस्था सिर्जना भएकोमा भने गम्भीर हुन सुझाव दिनुभएको छ ।
वहाँले भन्नुभयो– यो यसलाई उसलाई होईन एकद्धार प्रणालीबाट बितरण गरिने राहत कठोर भएर बास्तबिकसम्म पुग्नुपर्थ्यो । बास्तबिक चुल्हो जल्नै कठिन भएकाको तथ्याङ्क वडाले संकलन गर्ने क्रममै केही कमजोरी भएको भए अझ पनि सुधारेर जान सक्नुपर्छ । वहाँले भन्नुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment