Thursday, April 9, 2020


खगेन्द्र पराजुली, 
२७ चैत्र, नवलपुर । 

लकडाउनको प्रभाव कृषि क्षेत्रमा समेत पर्न थालेको छ ।

ब्यवसायिक पशुपंक्षी पालनमा परेको प्रभाव सँगै मौषमी बालीनाली तथा तरकारी खेतीमा समेत प्रभाब पर्नसक्ने रजरहस्थित बरचुली माबिमा सञ्चालित सिटीईभीटीबाट सम्वन्धनप्राप्त भेटेरीनरी जेटिए तर्फका शिक्षक सत्यनारायण भुसालले बताउनुभएको छ । 

नवलपुर जिल्लाका भेट–औषधि ब्यवसायीहरुको संस्था नेभ्ला नवलपुरका अध्यक्ष तथा प्रगति एग्रोभेटका सञ्चालक समेत रहनुभएका भुसालले अहिले मकै लगाउने तथा अन्य तरकारीका बिउबिजनहरु समेत उमार्ने बेलामा सुधारिएका, उन्नत एवं हाईब्रिड बिउबिजनको अभाव भएको बताउनुभयो । 

वहाँका अनुसार यसको प्रत्यक्ष असर उत्पादनमा पनि पर्न सक्ने बताउनुभयो । यसपटक किसानलाई स्थानीय रुपमै पाईने बीउबिजन प्रयोग गर्न समेत सुझाव दिईएको वहाँले बताउनुभयो । 

त्यस्तै, अहिले पशुतर्फ खोरेत, भ्यागुते र चर्चरे  बिरुद्धको भ्याक्सिन लगाउने समय भएपनि औषधि अभावले  गर्दा कृषकहरुले यो सुबिधाबाट समेत बञ्चित हुनुपरेको बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *