Monday, April 6, 2020



खगेन्द्र पराजुली, 
२४ चैत्र, नवलपुर । 

सरकारले लकडाउन ८ दिन थप गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठक भर्खर सकिएको छ । बैठकले नयाँ बर्ष २०७७ सालको बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 

सरकारले यसअघि नै अन्तर्रा्ष्ट्रिय उडानमा भने २०७७ वैशाख ३ गतेसम्म रोक लगाएको थियो । 

शनिबारमात्र सुदूरपश्चिम प्रदेशमा  एकैदिन ३ जनामा कोरोना संक्रमण  पुष्टि भएसँगै नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको थियो ।  सोही दिन मन्त्रिपरिषद्मा शनिबार नै लकडाउनको समय थप गर्ने प्रस्ताव पेश भए पनि  निर्णय भने गरेको थिएन । 

सरकारले २ चरणमा निर्णय गरी लम्ब्याएको लकडाउन भोली सकिदै थियो । तर, नेपालभित्रै रहेकी एक महिलामा कोरोना संक्रमण भएपछि सरकारले संक्रमण दोस्रो चरणमा प्रबेश गरेकाले अव तेस्रो चरणमा प्रबेश नहोस् भन्ने उदेश्यले लकडाउनको अवधि थप ८ दिन बढाएको हो । 

यसअघि सरकारले चैत्र ११देखी १८ गतेसम्म पहिलो ७ दिने लकडाउन घोषणा गरेको थियो भने २५ गतेसम्म ८ दिन थप गरी दोस्रो चरणको लकडाउन आह्वान गरेको थियो । 

यस्तै, सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *