Monday, April 6, 2020


देबभूमी खवर–
२४ चैत्र, नवलपुर । 

सरकारले बागलुङमा कस्ता ब्यक्तिलाई र्यापिड डाइग्नोस्टिक टेष्टमा सहभागी गराउने भन्ने टुंगो लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुने बताउनुभएको छ । 

त्यसअनुसार नै टोली खटाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को निष्कर्षमा र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने टोली पठाउने छ । यही बिध अनुसार कैलाली र कञ्चनपुरमा पनि तयारी थालिएको डा. देबकोटाले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *