खगेन्द्र पराजुली,
२४ चैत्र, नवलपुर ।
हुप्सेकोट गाउँपालिकाले लकडाउनको बेला बितरण गर्ने भनेर ल्याएको राहत खाद्य सामाग्री आफुखुसी खरीद गरी भित्राएको भन्दै बेनामी र बेछापे सुचना टाँस गरी भण्डारण कक्षमै ताला लागेको छ ।
आम हुप्सेकोटबासी जनता तथा सरोकारवाला भनेर टाँस गरिएको सुचनामा यस्तो संक्रमणकालीन परिस्थितिमा समेत ब्यक्तिगत फाईदाका लागी गाउँपालिका अध्यक्षले राहत खरिद समितिको संयोजकलाई थाहै नदिई कमिसनखोरी ब्यापारीसँगको साँठगाँठमा सामाग्री खरिद गरेको उल्लेख छ ।
त्यस्तै, तालाबन्दीसँग सम्वन्धित रहेर टाँस गरेको सुचनामा राहतका सामाग्री कुन निकायबाट कुन प्रक्रियाबाट आएको, अनियमितताका बिषयमा उठेका प्रश्नहरुका बारेमा राहत खरिद समितिका संयोजक जवाफदेही हुनुपर्ने समेत लेखिएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले यसलाई अपराधिक गतिबिधिको संज्ञा दिनुभएको छ । वहाँले आइतवार साझ भण्डारण गरिएको कक्षमा अज्ञात समुहले तालावन्दी गरेकोे वताउनुभएको छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष तथा राहत खरिद समितिका संयोजक कोपीला स्वतन्त्र मल्लले यस्तो अवस्थामा गरीवका लागी आईसकेको राहत बाड्न नदिएर वन्द गरिनु निन्दनीय भएको बताउनुभयो ।
वहाँले ताला खोलेर राहत बाड्ने परिस्थिति बनाउनुपर्ने बताउनुभयो ।
यहाँ अहिलेसम्म कुन संगठित समूहले तालावन्दी गरेको भनेर पुष्टि भएको छैन ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment