खगेन्द्र पराजुली,
२० चैत्र, नवलपुर ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले कोभिड १९ सँग सम्वन्धित जिल्लाभरको गतिबिधि र सरकारी स्वास्थ्य संस्थावाट दिईएको सेवा सहितको आजको तथ्याङ्क उपलब्ध गराएको छ ।
तथ्याङक अनुसार आज जिल्लाका आठ पालिकामा रहेका सरकारी स्वास्थ्य प्रदायक संस्था र मध्यबिन्दु जिल्ला अस्पतालमा ५ सय ९९ जना बिरामी आएका छन् ।
जसमध्ये, ८४ जना ज्वरो देखिएका बिरामी आएका थिए । आज जिल्लावाट कसैको पनि नमूना संकलन गरिएको छैन भने मध्यबिन्दुबाट एक जनालाई थप उपचारका लागी रेफर गरिएको छ ।
उपलब्ध तथ्याङ्कमा बिदेशबाट आएकाको बिवरण उल्लेख गरिएको छ । जसअनुसार जिल्लाभरी ८ सय ७ जना आएको उल्लेख छ ।
गैंडाकोटमा ३८, देबचुलीमा १ सय १, कावासोतीमा ३ सय ५७, मध्यबिन्दुमा ६९, बिनयी त्रिबेणीमा ५७, हुप्सेकोटमा ७२, बुलिङटारमा १ सय ३ र बौदीकालीमा १० जना रहेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment