२० चैत्र,
कोरोना संक्रमण नियन्त्रण आउला भन्दा यसले झन् बिश्व जनजीवन प्रभाबित पारेको छ । आज बिहीवारको नेपाली समयको २०ः३० बजेसम्ममा बिश्वभरमा ४९ हजार १ सय ९१ जनाको ज्यान गएको छ । बिश्वभर जम्मा संक्रमित भएको संख्या ९ लाख ६२ हजार ८ सय ८२ रहेको छ ।
जसमध्ये २ लाख ३ हजार २ सय ७४ जना निको भएको तथ्याङ्क छ भने ७ लाख १० हजार ७ सय १७ जनामा संक्रमण कायमै छ । तीमध्ये पनि ३६ हजार २ सय २५ जना संक्रमित ब्यक्तिहरुको अवस्था गम्भीर रहेको स्रोतहरुको अनलाईन तथ्याङ्कले देखाईरहेको छ ।
यो तथ्याङको स्रोतः डब्लुडब्लुडब्लु डट वल्डओमिटर्स डट इन्फोमा आधारित छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment