Friday, April 3, 2020



खगेन्द्र पराजुली, 
२१ चैत्र, नवलपुर । 

देबचुली नगरपालिकाले आपतकालीन अवस्थामा स्थापना गरेको खाद्य बैंकमा बिहीवारसम्म ६ लाख ८२ हजार १० रुपैंया नगद तथा जिन्सी जम्मा भएको छ । 

नेपालमा पनि कोरोना भाईरस संक्रमणको खतरा बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले २ चरणमा जारी गरेको लकडाउनपश्चात् दैनिक मजदुर भर पर्ने तथा बिपन्न नागरीकको जिबिकोपार्जनमा प्रभाव पर्नसक्ने अवस्थालाई ध्यानमा राखी देबचुली नगरपालिकाले खडा गरेको खाद्य बैंकमा बिभिन्न संघ–संस्था, ब्यक्तिबाट प्राप्त नगद तथा जिन्सी सामाग्रीलाई समेत खरीद मुल्यका आधारमा नगदमा परिणत गरी ६ लाख ८२ हजार १० रुपैंया बरावरको सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले राखेको अभिलेखमा बिहीवारसम्म १८ वटा क्रमसंख्यामा सहयोग प्राप्त भएको छ । जसमा संस्थागत रुपमा १० वटा संस्थावाट, ५ वटा उद्योगबाट र ३ जना ब्यक्तिले सहयोग गरेका छन् । 

सहयोग गर्ने संस्थाहरुमा देबचुली उद्योग बाणिज्य संघले १ लाख, जागृति बाल तथा युवा सरोकार नेपाल तथा कन्नालानले संयुक्त रुपमा १ लाख, नेशनल मोडल साईन्स स्कुल एवं सेण्ट जोसेफ स्कुल कावासोतीले ४० हजार, दलित संघ नवलपुरले ६ हजार ५ रुपैंया, गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानले  ५४ हजार, नेपाल मातृभूमी च्यारिटेबल ट्रष्टले २० हजार, पिप्रहर सामुदायिक होमस्टेले ५ हजार ५ सय, शिसवार मध्यवर्ती उपभोक्ता समितिले १ लाख २ हजार ५ रुपैंया, प्याब्सन देबचुलीले १ लाख र बिश्वज्योति बोर्डिङ स्कुलले ३० हजार रुपैंया बरावरको नगद एवं खाद्य सामग्री नगरपालिकामा बिभिन्न माध्यमवाट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । 

त्यस्तै, उद्योगतर्फ माता मनकामना ईटा उद्योगले २२ हजार, पशुपति ईटा उद्योगले ११ हजार ५ सय, नारायणी ईटा उद्योगले २२ हजार, सिजी फुड्सले ४० हजार बरावरको ५ सय केजी भुजिया, ब्राउन बर्ड ह्याचरी प्रालिले ५ हजार बरावरको २१ क्यारेट अण्डा उपलब्ध गराएको नगरपालिकाको अभिलेखमा उल्लेख छ । 

देबचुली २ का वडा सचिव बिश्वबन्धु न्यौपानेले २ हजार ५ सय, वडा नम्वर १० का वडा सचिव रेनुका चालिसेले २ हजार ५ सय र देबचुली ४ का बासिन्दा अर्जुनबहादुर घिमिरेले १८ हजार रुपैया ब्यक्तिगत रुपमा सहयोग गर्नुभएको नगरपालिकाले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *