Friday, April 3, 2020


खगेन्द्र पराजुली
२१ चैत्र, नवलपुर । 

देबचुली नगरपालिकामा स्थापित खाद्य बैंकमा संकलित खाद्य सामग्री वडा नम्वर १० र १५ र ५ को मिर्तुङ गाउँ बाहेक सबै वडामा बाडिएको सम्वन्धित वडाध्यक्षहरुले जनाएका छन् ।

बिभिन्न संघसंस्था तथा ब्यक्तिले खाद्य बैंकमा जम्मा गरेको राहत सामाग्री र नगरपालिकाले खरिद गरी ल्याएको  २५ केजी तौलको ५ सय बोरा चामल समेत गरी बितरण गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

देबचुली नगरपालिकाको वडा नम्वर १ मा ६१ घरपरिवारका २२४ जनालाई खाद्य बस्तु बितरण गरिएको वडा नम्वर १ का वडाध्यक्षले बताउनुभयो । १ नम्वरमा ५ केजीको २३ बोरा चामल बरावर १ हजार १ सय ५० केजी चामल, ६५ केजी दाल, ६५ केजी नून बितरण भएको छ ।

वडा नम्वर २ मा १०७ घरपरिवारका ४९२ जनालाई खाद्य सामाग्री बितरण गरेको २ नम्वर वडाका वडाध्यक्षले जानकारी दिनुभयो । २ नम्वरमा २५ केजीको ९७ बोरा २ हजार ४ सय २५ केजी चामल, १ सय केजी दाल र १ सय केजी नून बितरण भएको जनाईएको छ ।

देबचुलीको वडा नम्वर ३ मा ५० परिवारका २ सय जनालाई राहत प्याकेज बितरण गर्दा १ हजार किलो चामल ५० किलो दाल र ५० किलो नून प्रदान गरेको वडा नम्वर ३ का वडाध्यक्षले बताउनुभयो ।

वडा नम्वर ४ का वडाध्यक्षका अनुसार वडाका ९६ परिवारका ३ सय ८२ जनालाई खाद्य सामाग्री बितरण गर्दा १ हजार ९ सय किलो चामल, १ सय किलो दाल र १ सय किलो नून वडाभित्रका दैनिक ज्यालादारीमा आश्रित तथा बिपन्नलाई बाडिएको छ ।

देबचुली ५ मा भने २५ किलोको ८० वोरा २ हजार किलो चामल र १ सय किलो दाल र १ सय किलो नून वडामा पठाएको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले जानकारी गर्नुभएको छ ।

वडा नम्वर ५ का अध्यक्षका अनुसार वडामा १ सय ५ परिवारको तथ्याङ्क संकलन भएकाले सोही अनुसार बितरण गर्ने बताउनुभयो ।

वडा नम्वर ६ का वडाध्यक्षका अनुसार १९ परिवारका ७१ ज्नाका लागी ३ सय ५० केजी चामल, १८–१८ केजी दाल र नून बितरण गरिएको छ ।

देबचुली ७ मा ६५ परिवारका २ सय ५ जनाका लागी १ हजार २५ केजी  चामल, ६५–६५ केजी दाल र नून बितरण गरेको वडाअध्यक्षले जनाउनुभएको छ ।

वडा नम्वर ८ का वडाध्यक्षका अनुसार जम्मा १२ परिवारका ५५ जनालाई २ सय ७५ केजी चामल र १२–१२ केजी दाल, नून बाडिएको हो ।

त्यस्तै वडा नम्वर नौ का १ सय ८ परिवारमध्ये ५६ परिवारलाई मात्र खाद्य सामाग्री बितरण गरिएको ९ नं. वडाका अध्यक्षले जानकारी दिनुभयो । वडामा २५ केजीको ४८ बोरा बरावर १ हजार २ सय केजी चामल, ६० किलो नून र ६० किलो दाल बाडिएको छ । आफु खाद्य सामाग्री लिन जाँदा मौज्दात खाद्यान्न नभएकाले छुटेकालाई तत्काल ब्यवस्थापन गरिने बताउनुभयो ।

यस्तै, वडा नम्वर ११ मा ५८ परिवारका ४ सय १० जनाका लागी ५० केजीको २१ बोरा १ हजार ५० किलो चामल, ६५ किलो नून र ६५ किलो दाल बितरणका लागी लगिसकेको वडाध्यक्षले बताउनुभएको छ ।

वडा नम्वर १२ ले ६७ परिवार तथा ९ जना बुटबल हेटौडा ग्रीड प्रसारण लाईनका मजदुरलाई खाद्य सामाग्री बितरण गरेको छ ।

वडा नम्वर १३ का वडाअध्यक्षका अनुसार वडाका स्थायी ५५ प्रतिसत र अन्यन्त्रबाट आई भाडामा बस्ने गरेका ४५ प्रतिसत परिवारलाई चुल्हो बाल्नकै लागी खाद्य सामाग्री बितरण गर्नुपरेको बताउँदै १२३ परिवारका ४ सय ७३ जनाका लागी १ हजार ७ सय ५० केजी चामल, १ सय २६ केजी दाल तथा १ सय ५० केजी नून बितरण गरेको बताउनुभयो ।

वडा नम्वर १४ मा ६३ परिवारका २ सय ३७ जनाका लागी २५ केजीको ४७ बोरा १ हजार १ सय ७५ केजी चामल, ६३ केजी दाल र ६३ केजी नून बितरण गरेको वडा नं. १४ का अध्यक्षले जानकारी दिनुभयो ।

वडा नम्वर १६ मा ७१ परिवारका  २ सय ८६ जनाका लागी नगरको खाद्य बैकबाट प्राप्त १ हजार २ सय ५० केजी चामल, ५० केजीदाल र ५० केजी नून बितरण गरिएको र वडामै सहयोग गर्नेगरी वडाअध्यक्षकै रोहवरमा काफ्ले किरानाबाट प्राप्त १ क्वीन्टल आलु, भूमी स्टोर्सबाट प्राप्त ५० किलो नून र ब्राउन वर्ड ह्याचरीले दिएको ६ पेटी अण्डा समेत सोही वडामा बितरण गरिएको १६ नम्वर वडाका वडाध्यक्षले बताउनुभएको छ ।

यस्तै, १७ नम्वर वडामा १ सय ७७ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको वडाध्यक्षले बताउनुभयो । वडामा २५ केजीको १ सय ५० वोरा ३ हजार ७ सय ५० केजी चामल, १ सय ५० केजी दाल तथा १ सय ७० केजी नून प्रदान गरेको वडाध्यक्षले जानकारी दिनुभयो । 

यस्तै देबचुली १५ का लागी २५ केजीको ८० बोरा २ हजार किलो चामल र १ सय किलो नून तथा १ सय किलो दाल पठाएको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले जानकारी दिनुभएको छ । 

देबचुली १० मा भने यसअघि संकलन गरेको तथ्याङक बिवरणमा बिबाद आएकाले पुनः तथ्याङ्क अद्यावधिक गरिएकाले राहत बितरणमा ढिलाई भएको वडाध्यक्ष केशर आलेले बताउनुभयो । 

देबचुलीमा नगरले तयार पारेको मापदण्ड बमोजिम दैनिक ज्यालादारी मजदुरीमा आधारित परिवार, भकारीमा खाद्यान्न नभएका परिवार र बिपन्न तथा बैंकमा खाता नभएका तथा खातामा ५ हजार पनि नभएका परिवारलाई राहत खाद्य बितरण गर्ने मापदण्ड तयार गरेको थियो । 

सोही मापदण्डका आधारमा प्रतिब्यक्ति ५ किलो चामल तथा प्रतिपरिवार १ किलो दाल र १ किलो नूनको अनुपातमा बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *