Tuesday, April 7, 2020


खगेन्द्र पराजुली, 
२५ चैत्र, नवलपुर । 

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा  एक जना बेपत्ता भएका छन् । 

मंगलवार साँझ ५ बजेतिर बौदीकाली १ मिथुकरमका १८ बर्षका हिमाल चितौरे सार्की पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

चितौरे नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्वर ६ स्थित कालीगण्डकीको घुमाउरी पुलमुनी पौडी खेल्न गएका थिए । बेपत्ता भई हराईरहेका चितौरेको खोजी कार्य भईरहेपनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *