देबभूमी खवर–
२५ चैत्र, नवलपुर ।
बास्तबिक बिपन्न पहिचानका लागी तनहुँको भानु नगरपालिकाले मापदण्डमै गतिलो बुँदा थपेको छ । निजी तथा बोर्डिङ स्कुलमा बच्चा पढाउने परिवारलाई राहत प्याकेजमा समाबेश नगर्नेे मापदण्डमै स्पष्ट पारेको छ ।
नगरप्रमुख उदयराज गौलीले गरीव, बिपन्न र दैनिक ज्यालादारीमा निर्भर रहेका बास्तबिक वर्गसम्म पारदर्शी रुपमा राहत पुर्याउन यस्तो निर्णय गर्नुपरेको बताउनुभयो ।
यो संकटका बेला सक्नेले बरु नसक्नेलाई सयोग पुर्याउनुपर्ने परिस्थितिमा लाजै नमानी राहतको आशमा नाम टिपाउनसम्म पछि नपरेको देखेर नै मापदण्डमै खुलाएको वहाँले स्पष्ट पार्नुभयो ।
भानु नगरपालिकाले सरकारी, गैरसरकारी, निवृत्तिभरण प्राप्त गर्ने, रोजगारी पाएका, वैदेशिक रोजगारीमा गएका, निजी विद्यालयमा सन्तान पढाउने, सामाजिक सुरक्षा भत्ता पाउने घर परिवारलाई राहत नदिने निर्णय गरेको छ ।
नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment