Tuesday, April 7, 2020


खगेन्द्र पराजुली, 
२५ चैत्र, नवलपुर ।  

देबचुली नगरपालिकाकाद्धारा खडा गरिएको क्वारेन्टाईनमा बस्नेको संख्या आजवाट शून्य भएको छ । तर १ सय २६ जना अझै पनि होम क्वारेन्टाईनमा छन् ।  

आज रजहरको प्राकृतिक चिकित्सालयको क्वारेन्टाईनमा बसेका सबै १७ जना डिस्चार्ज भएसँगै सामुदायिक क्वारेन्टाईनमा बस्नेको संख्या नै नरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो । 

१४ दिनको क्वारेन्टाईनमा रहेका १७ जनालाई आज स्वास्थय जाँच गर्दा संक्रमणका लक्षण नदेखिएपछि डिस्चार्ज दिईएको जनाईएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका प्रमुख एवं डाक्टर बिद्या भुसालसहित प्राकृतिक चिकित्सालकका चिकित्सक समेतले क्वारेन्टाईन्मा रहेका मानिसको स्वास्थ्य चेकजाँच गरेका हुन् । 

डिस्चार्ज हुने १७ जनामध्ये ४ जना पहाडी गाउँपालिका बुलिङटारका हुन् । बुलिङका ४ जनालाई अभिभावक तथा जनप्रतिनिधीको रोहवरमा घर पठाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *