खगेन्द्र पराजुली,
२६ चैत्र, नवलपुर ।
हालसम्म नवलपुरका २० जनाको स्वाव परिक्षण नमूना संकलन भएमध्ये १८ जनाको नतिजा आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार २० जनाको स्वाबको नमूना परिक्षणका लागी पठाईएकोमा १८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
हिजो मंगलवार पठाईएका २ जनाको रिपोर्ट आज आईपुग्ने मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार संक्रमित पुष्टि भएकासँगै एउटै बिमानमा आएकाहरु सहित अन्य शंकास्पद केसहरु भरतपुरमा पुर्याएर नमूना संकलन गरी काठमाण्डौमा परिक्षण भएका १८ जनामा कोरोना संक्रमण नभएको रिपोर्ट आएको हो ।
नवलपुरभित्रै अस्पतालमा भर्ना भएका २ जनाको स्वाव हिजो मात्रै संकलन गरेर चितवन पठाईएको भएपनि आज चितवनबाटै परिक्षण भएर नतिजा आउने जनाईएको छ ।
हुप्सेकोटका २ जनाको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरको आईशोलेसन बार्डमा उपचार भैरहेको अस्पतालका सुचना शाखा प्रमुख छबिलाल सुबेदीले जानकारी दिनुभएको छ ।
आईशोलेटेड २ जना बाबुछोरा हुन् । आज आउने भनिएको रिपोर्ट यी बाबुछोराको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment