खगेन्द्र पराजुली,
२० चैत्र, नवलपुर ।
देबचुली नगरपालिकाको वडा नम्वर १२ ले खाद्य सामाग्री बितरण गरेको छ । वडामै बितरित खाद्य सामाग्रीमा चामल, तेल, नून, दाल लक्षित बर्गसम्म पुगेको छ ।
आज बिहीवार वडाभित्रका दैनिक ज्यालामजदुरीमा छाक टार्ने ६७ परिवार का साथै देबचुली ६, मिर्तुङमा रहेका ९ जना हेटौंडा–बुटवल (ग्रीड) प्रसारण लाईन निर्माणका मजदुरलाई समेत खाद्य सामाग्री बितरण गरेकोे वडाध्यक्ष दिनानाथ भुसाल दिनेशले बताउनुभयो ।
उनीहरुलाई समेत वडाकै मापदण्ड अनुसार प्रतिब्यक्ति साढे ३ किलो चामल उपलब्ध गराएको छ ।
अहिले ती नौ जना मिर्तुङ स्थित अस्थायी क्याम्पमा बसेका छन् । उनीहरु सबै धादिङका रहेको वडाध्यक्ष भुसालले बताउनुभयो ।
नगरको खाद्य बैकबाट प्राप्त खाद्य सामाग्री बाहेक स्थानीय पञ्चामृत दुग्ध उत्पादक कृषक समुहका अध्यक्ष टीकाराम बसेलले प्रदान गर्नुभएको १० हजार रुपैया बरावरको खानेतेल प्रतिप्ररिवार आधा लिटरको १ प्याकेट थप गरी बितरण गरेको छ ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment