खगेन्द्र पराजुली,
१८ बैशाख, नवलपुर ।
नवलपुरमा आज बिहीवार १४ जनाको र्यापिड टेष्ट भएको छ । योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या ९ सय २० पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
आज गरिएको आरडीटीमा गैंडाकोटमा २ जना, देबचुलीमा १ जना, कावासोतीमा ६ जना, हुप्सेकाटमा १ जना, र जिल्ला अस्पतालमा ४ जनाको परिक्षण भएको हो ।
यस्तै, स्वास्थ्य कार्यालयले आज अद्यावधिकगरेको तथ्याङमा परिक्षण भएका थप ७ जनाको स्वावको रिपोर्ट मंगलवार संकलन गरी पठाईएकोमा हिजो बुधवार साँझ प्राप्त भएको जनाएको छ ।
कार्यालय प्रमुख केशव प्रसाद चापागाईका अनुसार चितवनमा पिसिआर परीक्षण गर्ने केमिकल अभाव भएपछि मगलवार ७ वटा स्वाव परिक्षणका लागी पोखरा पठाईएको हो ।
ती स्वाव हुप्सेकोटका ४ जना, मध्यबिन्दुका २ जना र देबचुलीका १ जनाको रहेको जनाईएको छ ।
अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ६० स्वाव नमूना र ९ सय २० आरडी परीक्षण नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment