खगेन्द्र पराजुली,
१९ बैशाख, नवलपुर ।
नारायणीमा पौडी खेल्ने क्रममा गैंडाकोटकी एक बालिका बेपत्ता भएकी छन् । हिजो बिहीबार दिउँसो साथीहरुसँग नारायणी नदीमा पौडी खेल्ने क्रममा ७ बर्षिया बालिका बेपत्ता भएकी नवलपुर प्रहरीले जनाएको छ ।
गैडाकोट–१० की भबिसरा अस्लामी मगर की ७ बर्षकी छोरी जुना अस्लामी मगर साथीहरु संग नारायणी नदिमा पौडी खेल्ने क्रममा हराई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक.मोहन बहादुर खाँणले बताउनुभएको हो ।
वहाँले नदीमा हराएकी बालिकाको खोजतलास भईरहेको जानकारी दिनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment