Saturday, May 23, 2020


खगेन्द्र पराजुली, 
१० जेठ, नवलपुर । 

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मज्त्रालयले सार्वजनिक गरेको आजको तथ्याङक अद्यावधिकमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज ६  जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको छ । 

जसमा काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु बाणगंगाका १ महिला र ७ पुरुष गरी ८ जनामा, सर्लाहीको गौडेता कबिलासीका १३ जना पुरुषमा, बाराको करैयामाईका १ जना महिलामा र काठमाण्डौका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, भैरहवाको प्रादेशिक प्रयोगशालामा भएके परिक्षणमा रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 

मन्त्रालयले आज शनिवार बिहान ८ बजेर ४० मिनेटको समयमा नयाँ संक्रमित पुष्टि गरेको हो । 

यस्तै भरतपुर कोभिड १९ प्रयोगशालामा भएको परिक्षणमा चितवन भरपुर ६ का ५२ बर्षका एक पुरुष संक्रमित छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *