Saturday, May 23, 2020


खगेन्द्र पराजुली, 
१० जेठ, नवलपुर । 

नवलपुरमा कोरोना संक्रमितहरु देखिन थालेपछि थप सुरक्षाका लागी नमूना संकलनका लागी सेफ्टी बुथ निर्माण गरिएको छ । 

स्वास्थ्यकर्मीमा समेत सक्रमण सर्न सक्ने सम्भाब्यतालाई ख्याल गर्दै अनेरास्वबियु तथा युवा संघ नवलपुरले एक थान सेफ्टी बुथ निर्माण गरी आज शनिवार नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । 

संघीय साँसद तिलक महतको प्रमुख आतिथ्यतामा युवा बिद्यार्थीले निर्माण गरेको उक्त बुथ जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनालले ग्रहण गर्नुभएको हो । 

थोरै संख्यामा उपस्थित दातृ संगठनका ब्यक्तिहरुले सो बुथ अस्पतालमै लगेर हस्तान्तरण गरेको अनेरास्वबियु नवलपुरका संयोजक ठाकुर पराजुलीले जानकारी दिनुभयो । 

अस्पतालमा सहयोग गरिएको सो बुथ निर्माण गर्न ६३ हजार रुपैया खर्च भएको जनाईएको छ ।

नवलपुरमा बिशेष परिस्थितिमा बाहेक कोरोना संक्रमण छ वा छैन भनेर परीक्षण गरिने आरटी–पिसीआरका लागी घाँटीको स्वाव नमूना मध्यबिन्दु जिल्ला अस्पतालमा  ल्याएर संकलन गरी परीक्षणका लागी पठाईने गरिएको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *