Saturday, May 23, 2020


खगेन्द्र पराजुली, 
१० जेठ, नवलपुर । 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले नवलपुरका कुनै पनि स्वास्थ्य संस्थाहरु शिल वा बन्द नगरिएको जनाएको छ । कार्यालय प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार नवलपुरका पछिल्ला संक्रमित भेटिएपछि मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र शिल गरिएको र स्वास्थ्यकर्मीलाई नै आईशोलेशनमा राखिएको भन्ने समाचार सत्य नभएको बताउनुभएको छ । 

वहाँले स्वास्थ्य संस्थामा राखिएका बिरामीमा संक्रमण पुष्टि हुनासाथ ती स्वास्थ्य संस्था शिल वा बन्द गर्ने हो भने अन्य स्वास्थ्य सेवामा समेत प्रभाव पर्ने र अवस्था थप जटिल हुने भएकाले यस्तो नगरिएकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 

वहाँले बरु संक्रमितलाई राखिएको आईशोलेशनलाई निःसक्रमण गर्नेदेखी उक्त आईशोलेसन कक्षमात्रै केही दिनका लागी बन्द गर्न भनिएको छ । स्वास्थ्यकर्मीलाई सावधानीका साथ उच्च सतर्कताका उपायहरु अपनाउँदै सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्न भनिएको हो । वहाँले भन्नुभयो । 

वहाँले सदैब सञ्चार क्षेत्रको महत्व रहेकाले र आम सर्बसाधारणले सञ्चार माध्यमबाट आउने समाचारलाई बिश्वास गर्ने हुदा सञ्चारकर्मीले समेत यो महामारीमा सत्य, तथ्य र बिश्वासिला समाचार प्रसारण गर्न आग्रह गर्नुभएको छ । 
यता, नगर स्वास्थ्य शाखा मध्यबिन्दुका प्रमुख माधवप्रसाद पोखरेलले यहाँ आईशोलेसनमा राखिएका ब्यक्तिमा हिजो संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास रहेकाले पिएचसी भित्र आउन डर मानेको बताउनुभयो । 

आज शनिवार आकस्मिक बाहेक ओपिडी सेवा बन्द रहेको र भोली सार्वजनिक बिदा भएकाले पनि ओपिडी बन्द हुने भएकाले स्वभावैले बिरामी कम आउने भएपनि हिजोको संक्रमण पुष्टिसँगैको त्रासले प्रभाव परेको तर स्वास्थ्कर्मीहरु आज पनि स्वास्थ्यसंस्थामा आएर नियमित काम भएको बताउनुभएको छ । 

वहाँले पनि कोही कसैलाई आईशोलेशनमा नराखिएको बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *