खगेन्द्र पराजुली,
१० जेठ, नवलपुर ।
आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गर्नुभएको नियमित प्रेस बक्तब्यमा आज शनिवार अहिलेसम्म जम्मा ६८ जनामा संक्रमित पुष्टि भएसँगै कुल ५८४ जना संक्रमित संख्या पुगेको पुष्टि गर्नुभयो ।
वहाँका अनुसार बैतडी शिवनाथका ४ जना पुरुष, झापाका १ जना पुरुष, बाँके नरैनापुरका २७ जना पुरुष, बर्दिया बरैयातालका १ जना पुरुष र सुर्खेतका २ जना पुरुष र १ जना महिला गरी थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
आजै यसअघि बिहान ८ वजेर ४० मिनेटमा मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बिज्ञप्तिमार्फत कपिलबस्तु बाणगंगाका १ महिला र ७ पुरुष गरी ८ जनामा, सर्लाहीको गौडेता कबिलासीका १३ जना पुरुषमा, बाराको करैयामाईका १ जना महिलामा, काठमाण्डौका १ जना पुरुषमा रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा र चितवन भरतपुर ६ का एक पुरुष सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि गर्नुभएको थियो ।
यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या ७० पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४० जिल्लामा फैलिएको संक्रमण ५ सय ५ पुरुष र ७९ महिलामा पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment