खगेन्द्र पराजुली,
२१ बैशाख, नवलपुर ।
नेपाल लाईफ ईन्स्योरेन्सका कर्मचारीहरुले बृद्ध आश्रमका बृद्ध–बुद्धालाई अत्यावश्यक सामग्री प्रदान गरेका छन् ।
आज आईतवार आफ्नो तलब सुविधाबाट नवलपुरको कावासोती नगरपालिका स्थित पिठौलीमा लक्ष्मीनारायण मन्दिरमा रहेको बृद्धआश्रममा आश्रित बृद्ध–बृद्धालाई खाद्यान्न अन्तर्गत चामल, आटा, नून, तेल, चियापत्ती, दाल सरसफाई सामग्री नुहाउने साबुन, लुगाधुने सावुन र सर्फ तथा ३ वटा सिलिङ पंखा हस्तान्तरण गरेको ईन्स्योरेन्सका पश्चिामाञ्चल क्षेत्रीय प्रमुख कृष्ण प्रसाद लम्सालले जानकारी दिनुभयो ।
वहाँले कम्पनी स्थापनाको २० औं वर्ष प्रवेशको अवसरमा कम्पनीमा कार्यरत कर्मचारीहरुको तर्फबाट सामग्री प्रदान गरिएको बताउनुभयो ।
मन्दिर तथा आश्रम ब्यवस्थापन समितिका अध्यक्ष तीर्थशरण भण्डारीले सहयोग ग्रहण गर्दै बृद्धबृद्धा आमाबाबाप्रति कर्मचारीहरुले देखाउनुभएको सदासयताका लागी धन्यवाद ब्यक्त गर्नुभएको छ ।
हस्तान्तरण कार्यक्रममा बिमा कम्पनीका कावासोती शाखा प्रमुख दीपक घिमिरे, दलदले शाखा प्रमुख सन्तोष ढकाल, मन्दिर तथा आश्रम ब्यवस्थापन समितिका उपाध्यक्ष बुद्धिराम गौतम, कोषाध्यक्ष बिष्णु पौडेल, सचिव दीपक सोती, सदस्य केशर मानन्धर, देबचुली १४ की वडासदस्य चन्द्रा भुसाल सामाजिक अभियान्ता तथा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतको उपस्थिति रहेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment