Sunday, May 3, 2020


खगेन्द्र पराजुली, 
२१ बैशाख, नवलपुर । 

नवलपुरमा आज आईतवार १९ जनाको र्यापिड  टेष्ट भएको छ । योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या ९ सय ५३ पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

आज गरिएको आरडीटीमा गैंडाकोटमा १ जना, देबचुलीमा २ जना, बिनयी–त्रिबेणीका ५ जना, बुलिङटारमा ८ जना र जिल्ला अस्पतालमा ३ जनाको परिक्षण भएको हो । 

अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ६० स्वाव नमूना र ९ सय ५३ आरडी परीक्षण नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

यस्तै आजै एक प्रेस बिज्ञप्ति प्रकासिशत गदै कार्यालय प्रमुख चापागाईले अहिलेसम्म नवलपुरमा कसैलाई कोरोना भाईरस संक्रमण नदेखिएकोले हल्लाको पछि नलाग्न र अफवाह नफैलाउन आग्रह गर्नुभएको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *