Monday, May 25, 2020


खगेन्द्र पराजुली, 
१२ जेठ, नवलपुर । 

गत शुक्रवार नवलपुरबाट परीक्षणका लागी पठाईएका ६ जनाको स्वावको पिसिआर रिपोट नेगेटिभ आएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार जेठ महिना लागेयता भारतबाट नेपाल भित्रिएका र बिनयी त्रिबेणीका एक संक्रमितको परिवारका गरी ६ जना स्थानीयमा गरिएको स्वाव परिक्षणको रिपोट नेगेटिभ आएको हो । 

यी ६ जनाको स्वाव परिक्षणका लागी भरतपुर कोभिड १९ प्रयोगशाला पठाईएको थियो । 

अहिलेसम्म नवलपुरका २ सय १ स्वाव नमूना परिक्षण भएकामा ३ जनामा पाजेटिभ देखिएको छ भने बाँकी १ सय ९८ जनामा कोभिड १९ भाईरसको संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यहाँका कोरोना संक्रमित ३ जनामध्ये २ जनाको भरतपुर र १ जनाको काठमाण्डौमा उपचार भैरहेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *