Sunday, May 24, 2020


खगेन्द्र पराजुली, 
११ जेठ नवलपुर । 
नवलपुरमा आज आईतवार ५ सय ३५ जनाको र्यापिड टेष्ट भएको छ । 
नवलपुरको देबचुलीमा आज मात्रै ४ सय ८७ जनामा र्यापिड टेष्ट भएको हो । देबचुलीमा आज भएका परिक्षणमा चौधरी उद्योगमा लकडाउनका बेला काम गरेका मजदुरहरुको परीक्षण भएको हो ।  

योसँगै नवलपुरमा र्या्पिड टेष्ट गर्नेको संख्या १ हजार ९ सय ८१ पुगेको छ । 

यस्तै, नवलपुरको गैडाकोटमा १४ जनाको, कावासोतीमा २ जनाको, बिनयी त्रिबेणीमा १ जनाको, हुप्सेकोटमा २४ जनाको र जिल्ला अस्पतालमा ७ जनाको गरी आज ५ सय ३५ जनाको आरडीटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 
यस्तै, नवलपुरबाट परिक्षणका लागी पठाईएका १७ वटा स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । 

हिजो गैंडाकोटबाट संकलन गरी पठाईएका  नवलपुरका १७ स्वाव नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । 


अहिलेसम्म नवलपुरका जम्मा परीक्षण भएका १ सय ९५ स्वावमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ९२ नमूनामा कोरोना संक्रमण नदेखिएको कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

यस्तै आज जिल्लाभरका स्वास्थ्य संस्थामा ७ सय १९ जनाले ओपिडी सेवा लिएका छन् । मध्यबिन्दुको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा आईशोलेसनमा राखेका बिरामीमा कोरोना देखिएपछि त्रासमा रहेको भनिएको हेल्थ पोष्टमा समेत आज ६१ जनाले ओपिडी सेवा लिएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *