Sunday, May 24, 2020


खगेन्द्र पराजुली,
११ जेठ, नवलपुर ।

आज एकैदिन  १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गर्नुभएको नियमित प्रेस बक्तब्यमा आज आईतवार जम्मा १९ जनामा संक्रमित पुष्टि गर्नुभयो । योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमित ६ सय ३ पुगेका छन् । 

वहाँका अनुसार आज नयाँ जिल्ला नुवाकोटका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ  । 

यस्तै आज संक्रमित पुष्टि हुनेमा मोरङका १, बाराका २ जना, पर्साका २ जना, रौतहटका १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाण्डौका १ जना, कपिलबस्तुका ३ जना र गुल्मीका १ जना रहेको छन् । 


आज संक्रमण देखिएकाको परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या ८७ पुगेको छ । 

मन्त्रालयका अनुसार बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना र नारायणी अस्पताल बिरगञ्वबाट ७ जना गरी १७ जना संक्रमित निको भएर घर फर्किएका हुन् । 

मन्त्रालयका अनुसार हालसम्म संक्रमण ५ सय २४ पुरुष र ७९ महिलामा पुष्टि भएको छ ।

आजसम्म नेपालका ७७ जिल्लामध्ये ४२ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *