खगेन्द्र पराजुली,
३ जेठ, नवलपुर ।
नेपालमा कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण एक तिहाई जिल्लामा फैलिसकेको छ भने एकमात्र कर्णाली प्रदेश बाहेक ६ वटै प्रदेशमा संक्रमण देखिएको छ ।
आज शनिवार ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ७६ रहदासम्म ६ वटा प्रदेशका २६ जिल्लाका भाईरस फैलिएको छ ।
प्रदेश नं. १ का १४ जिल्लामध्ये ३ जिल्लामा ३६ जना संक्रमित भेटिएका छन् । उदयपुरमा ३३, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको हो ।
प्रदेश नं. २ का ८ जिल्लामै संक्रमित भेटिएका छन् । २ नं. प्रदेशको पर्सामा ९१ जना, धनुषामा ४ जना, बारामा ३ जना, रौतहटमा ३ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २ जना, सिराहामा १ जना, सप्तरीमा १ जना गरी १ सय ७ जना संक्रमित भेटिएका हुन् ।
यस्तै, बाग्मती प्रदेशका १३ जिल्लामध्ये ५ जिल्लामा १६ जना संक्रमित भेटिएका छन् । बाग्मतीको काठमाण्डौमा ९ जना, चितवनमा ३ जना, भक्तपुरमा २ जना, धादिङमा १ जना र मकवानपुरका १ जनामा कोभिड १९ का संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये २ जिल्लामा ३ जना संक्रमित पुष्टि भएका हुन् । जसमध्ये बाग्लुङका २ जना र नवलपुरका १ जना हुन् ।
५ नं. प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लामा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ कपिलबस्तुका ४२ जना, बाँकेका ३३ जना, रुपन्देहीका २८ जना, दाङका ३ जना, बर्दियाका २ जना र परासीका १ जना संक्रमित फेला परेका छन् ।
यस्तै सुदुरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा ४ जना र कञ्चनपुरमा १ जना गरी ५ जनामा संक्रमण देखिएको हो ।
नेपालमा भेटिएका संक्रमितमा २ सय २२ जना पुरुष र ५४ जना महिला छन् ।
२ सय ७६ संक्रमितमा ३६ जनाले स्वास्थ्यलाभ गरेका छन् ।
संक्रमितमध्ये केही भारतीय नागरीक समेत छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment