देबभूमी खवर—
३ जेठ, नवलपुर ।
नेपालमा कोरोनाका कारण मृत्यु भएकी भनेर बाहिर आएको खवरको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छैन । मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले मृतक महिलाको मृत्यु कोरोनाका कारण भए नभएको भनेर पुष्टि गर्न थप परीक्षण भईरहेको जानकारी दिनुभएको छ ।
मन्त्रालयका अनुसार उनी गत बैशाख २३ गते टिचिङ हस्पिटल महाराजगञ्ज आएपश्चात् २४ गते नर्मल डेलिभरी भएकी थिईन् । २५ गते डिस्चार्ज लिएर घर फर्किपछि उनलाई ज्वरो सहित श्वासप्रश्वासमा समस्या आएको मन्त्रालयले जनाएको छ ।
उनको स्वास्थ्यमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराउँदा थप जटिल भएपछि धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment