Sunday, May 17, 2020


देबभूमी खवर , 
४ जेठ, नवलपुर । 

बाँके नरौनापुरको क्वारेन्टाईनमा मृत्यु भएका ब्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । 

मन्त्रालयले आज दिएको जानकारी अनुसार ३० गते भारतवाट आएका ती ब्यक्तिलाई हिजो ज्वरो र झाडापखालाको समस्या देखिएको थियो । आज बिहान ६ बजेर ४० मिनेटको समयमा उनको निधन भएको हो । 

योसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

 दुबै जनाको मृत्युपश्चात् कोभिड १९ को संक्रमण पुष्टि भएको छ । 

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ । 

२८ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ । 

३६ जनाले स्वास्थ्य लाभ गरेका छन् । 

महिला ५५ जना र पुरुष २ सय ३७ जनामा संक्रमण देखिएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *