Friday, May 22, 2020


खगेन्द्र पराजुली, 
९ जेठ, नवलपुर । 

आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गर्नुभएको नियमित प्रेस बक्तब्यमा अहिलेसम्म ५०७ जनामा संक्रमण भएको पुष्टि गर्नुभयो । 

वहाँका अनुसार कैलालीका १९, २३ र २६ बर्षका ३ जना पुरुष, डडेलधुरा परशुराम १० का २८ बर्षका १ पुरुया, बैतडी शिवनाथ १ का २२ बर्षका एक पुरुष, बाँकेका २८ बर्षदेखी ६१ बर्षका १४ जना पुरुष जसमध्ये १३ जना नरैनापुरका रहेको र मोरङका ४१ बर्षका पुरुष गरी २० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । 

आजै यसअघि बिहान ९ बजे मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बिज्ञप्तिमार्फत नवलपुरका १ जना, परासीका ३ जना, चितवनका २ जना, कपिलबस्तुका ८ बर्षकी बालिका सहित ९ जना, सर्लाहीका १५ जना सहित ३० जनामा कोरोना संक्रमण पुष्टि गर्नुभयो । 


यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या ७० पुगेको छ । आज नेपालगञ्ज ८ का  ९ महिला र १२ पुरुष सहित २१ जना डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार हालसम्म ४० जिल्लामा फैलिएको संक्रमण ४३३ पुष र ७४ महिलामा पुष्टि भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *