खगेन्द्र पराजुली,
९ जेठ, नवलपुर ।
नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस बिज्ञप्ति मार्फत पुष्टि गरेको थप संक्रमितको संख्या ३० रहेको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नवलपुरका १ जना, परासीका ३ जना, चितवनका २ जना, कपिलबस्तुका ८ बर्षकी बालिका सहित ९ जना, सर्लाहीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि हुनेमा १ बालिका, ३ महिला र २६ जना पुरुष छन् ।
आजका थप संक्रमित ८ देखी ७४ बर्षसम्म उमेर समूहका छन् ।
यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या ४९ नै रहेको छ यद्यपि आज २१ जना नेपालगञ्जबाट डिस्चार्ज हुने तयारी भैरहेको जनाईएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी एक महिला र बाँकेका र गुल्मीका एक एक जना पुरुष गरी ३ जनाको ज्यान गुमेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment