Thursday, May 14, 2020


देवचुली नगरपालीका वडा नं १२ निवासी ४९ वर्षिय पूरुषमा कोरोना संक्रमण पुष्टि भए पश्चात उत्पन्न भय न्युनिकरण गर्ने उद्धेश्यले सुचना सम्प्रेशित गरिन्छ ।

निज भारत कलकत्ता मै रहँदा दाजु बोधराज भुर्तेल मार्फत मैले सम्पर्क गरि यदि घर आउन चाहेको भए आउन सक्ने तर आईसकेपछि अनिवार्य क्वारेण्टाईनमा रहनु पर्ने सुचना दिएको थिएँ । उनि कलकत्ताबाट मिनि ट्रक र ट्रक हुँदै सात दिन लामो यात्रा बाट रक्सौल आईपुगे । रक्सौलबाट काठमाण्डौ जाने मालबाहक ट्रक चढि हेटौंडा आईसकेपछि बैशाख ३० गते साँझ ६ बजे म संग सम्पर्क भयो । मैले उनलाइ घर आए पनि क्वरेण्टाईनमा बस्नु पर्ने हुँदा घर नआउन र सिधै भरतपुर स्थित कोरोना विशेष अस्पताल जान सुझाव दिएँ । डा. केशव राज भुर्तेलको सहयोगमा कोरोना विशेष अस्पलातमा सम्पर्क गरि उनलाई त्यहिँ भर्ना लिई पि सि आर परिक्षण गरिदिन अनुरोध गरें ।


उनि भरतपुर नआउञ्जेल सम्म निरन्तर फोन गरिरहेँ । राति करिव १२ बजे तिर उनलाई अस्पताल भर्ना गरियो र ३१ गते स्वाव परिक्षण भयो । जस्को नतिजा पोजेटिभ देखिएको छ ।

उनि स्वयंको सुझबुझ ले यस पटक परिवार र समाज संक्रमित हुनबाट जोगिएको छ । उनि पुर्ण स्वस्थ छन् र उच्च मनोवलका साथ कोरोना विरुद्धको लडाईमा छन् । उनि नवलपुर जिल्लामै नआएकोले उनका कारण संक्रमणको जोखिम नरहेको व्यहोरा स्पष्ट पार्न चाहन्छु । पुर्ण स्वस्थलाभको लागि समस्त वडावासिहरुको तर्फबाट हार्दिक शुभकामना ।

दिनानाथ भुसाल
वडा अध्यक्ष
२०७७ जेठ १ गते बिहीबार । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *