Sunday, June 7, 2020


खगेन्द्र पराजुली, 
२५ जेठ, नवलपुर । 

गण्डकी प्रदेशमा आज आईतवार थप ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।  योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जामा १४ जना बाग्लुङमा १० जना, गोर्खामा १० जना र नवलपुरका ४ जनामा कोरोनाको संक्रमण देखिएको हो।  

निर्देशनलायका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा १३ जना र भीरकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै बाग्लुङको बडीगाढका ९ जना र ढोरपाटनका १ जनामा संक्रमण देखिएको छ । 

गोर्खाका गण्डकी गाउँपालिकाका ९ जना र पालुङटारका १ जना रहेका छन् । 
नवलपुरको हुप्सेकोटका ४ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमित सबै १८ बर्षदेखी ५२ बर्ष उमेरका पुरुषहरु छन् ।

गण्डकीका ९ जिल्लामा संक्रमण देखिएको छ । 

गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङमा संक्रमित भेटिएका छैनन् । 
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २९ जना,  स्याङ्जाका ३७ जना नवलपुरका १७, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका ३ जना, गोरखाका ११ जना, पर्बतका ९ जना र कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला, नवलपुरकी १ महिला र लमजुङका १ बालक गरी ४ जना संक्रमणमुक्त भएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *