Sunday, June 7, 2020


खगेन्द्र पराजुली, 
२५ जेठ, नवलपुर । 

नवलपुरमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी जनस्वास्थ्य निर्देशनालय प्रमुख बिनोबिन्दु शर्माले संक्रमित पुष्टि गर्नुभयो । 

योसँगै नवलपुरमा संक्रमितको संख्या १७ पुगेको छ भने १ जना निको भएको तथ्याङ्क नवलपुरमा रहेको छ । 

नवलपुरको हुप्सेकोट वडा नम्वर २ का ४ जना पुरुषमा संक्रमण देखिएको खवर जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको छ । 

कार्यालय प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार आज आईतवार संक्रमण देखिएका ४ जना नै बिभिन्न मितिमा भारतवाट आएर गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा बसेकाहरु हुन् । 

संक्रमित २०, ३५, ३५ र ४५ बर्ष उमेरका छन् । 

संक्रमितमध्ये १ जनालाई भरतपुरको आईशोलेन तथा ३ जनालाई प्राकृतिक चिकित्सालय रजहरको आईशोलेशनमा राख्ने ब्यवस्थामा कोरोना द्रुत प्रतिरक्षा टीम लागिसकेको छ । 

आज हुप्सेकोटका क्वारेन्टाईनमा बसेका स्थानीयमा संक्रमण देखिएसँगै यहाँका ८ पालिकामध्ये ५ बटा पालिकामा संक्रमित फेला परेका छन् । 

यहाँको देबचुलीमा ५ जना, बिनयी–त्रिबेणीमा ५ जना, हुप्सेकोटमा ४ जना, कावासोतीमा २ जना र बुलिङटारमा १ जनामा गरी १७ जना संक्रमित पुष्टि भएका छन्  । यीमध्ये नवलपुरकी एक महिला संक्रमणमुक्त भएकी छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *