खगेन्द्र पराजुली,
२४ जेठ, नवलपुर ।
नवलपुरबाट आज कुनै स्वाव संकलन भएका छैनन् । तर यहाँबाट हिजोसम्म संकलन गरेर पठाईएका स्वाव नमूनामध्ये २२ गते बिनयी त्रिबेणीबाट संकलन गरी भरतपुर पठाईएका १० वटा नमूनामध्ये ३ जनाको नमूना पोजेटिभ आएको छ ।
बिनयी त्रिबेणीका कोरोना पोजेटिभ ३ जना संक्रमितलाई रजहरस्थित प्राकृतिक चिकित्सालयको आईशोलेशन वार्डमा राखिएको छ ।
बिनयी त्रिबेणीका २२ गतेका स्वावमा ५ जनाको दोहोर्याएर संकलन गरिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार गत शनिवार १७ गते बिनयी त्रिबेणीबाट संकलन गरी पठाईएका २५ नमूना स्वावमध्ये १ जना सर्दीका बालकमा संक्रमण पुष्टि भएका समयका ५ जनाको स्पष्ट रिपोर्ट नआएका कारण ती ५ जना सहित अन्य ५ जनाको गरी १० जनाको स्वाव पुन संकलन गरी भरतपुर प्रयोगशाला पठाईएकोमा पोखरामा स्पष्ट नभएकामध्येकै १ जनामा र अन्य २ जना गरी ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै अहिलेसम्म नवलपुरका ८ सय २१ नमूना स्वाव संकलन भएमध्ये ५ नमूनालाई दोहोर्याएर संकलन गरेता पनि ८ सय १६ जनाको नमूना संकलन भएको एकिन तथ्याङ्क रहेको छ ।
आज थप १० नमूनाको रिपोर्ट आएसँगै नवलपुरका ४ सय १७ नमूना परीक्षण भईसकेका छन् । जसमध्ये १३ जनाको नमूनामा कोरोना पोजेटिभ देखिएको छ ।
परीक्षण सम्पन्न भएका ४ सय ४ नमूना नेगेटिभ आएका छन् ।
यस्तै, अव पोखरामा परीक्षण हुन बाँकी २० गते मंगलबार हुप्सेकोट, बौदीकाली र बुलिङटारमा संकलन गरी पठाईएका १ सय ३४ वटा स्वाव, २२ गते बिहीबार देबचुलीबाट पठाईएका ६९ स्वाव र हिजो २३ गते शुक्रबार मध्यबिनदुबाट पठाईएका १ सय २२ सहित ३ सय २५ र २३ गते हिजो शुक्रवार गैंडाकोटका १५ जना, कावासोतीका ४१ जना, र बिनयीत्रिबेणीका १८ जनाको गरी ७४ जनाको स्वाव नमूनाको पिसीआर रिपोर्ट भरतपुरबाट आउनुपर्ने छ ।
कुल पोखराका ३ सय २५ र भरतपुरका ७४ गरी नवलपुरका ३ सय ९९ स्वाव नमूना परिक्षण हन बाँकी छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment