Saturday, June 6, 2020


खगेन्द्र पराजुली,
२४ जेठ, नवलपुर ।

आज शनिवार नेपालमा ३ सय २३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार  २ सय ३५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ३२ जना निको भएका छन् ।

३२ जना संक्रमणमुक्त भएसँगै कुल ३ सय ६५ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।

आज थप डोल्पाका एक पुरुष र धनगढीका एक महिलामा पिसीआर पोजेटिभका कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ७० जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *