Saturday, June 6, 2020


खगेन्द्र पराजुली, 
२४ जेठ, नवलपुर । 

बिनयी त्रिबेणी वडा नम्वर ४ का १८ बर्षका किशोर र २७ बर्षका युबक तथा वडा नम्वर ३ का १९ बर्षका किशोरमा संक्रमण पुष्टि भएको हो । 

योसँगै नवलपुरमा संक्रमित संख्या १३ पुगेको भने बिनयी त्रिबेणीमा मात्रै संक्रमितको संख्या ५ पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुको ट्राभल ट्रेसिङको खोजपडताल बिबरण तयार गरेको जनाएको छ । 

संक्रमित ३ जना नै भारतवाट आएका भएको खुलेको छ । 

बिनयी त्रिबेणी ३ का संक्रमित जेठ ७ गते र ४ का अर्का २ जना १० गते क्वारेन्टाईनमा बसेका हुन् ।   

बिनयी त्रिबेणीका ३ जना संक्रमित चितवनमा पठाईएका १० स्वावमध्येका संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

चापागाईका अनुसार गत जेठ १६, १७ र १८ गतेका पोखरा परीक्षणका लागी पठाईएका ९४ स्वावमध्ये बिनयी त्रिबेणीकै ५ जनाको नतिजा स्पष्ट नहुदा पुनः स्वाव संकलन गरिएका ५ जनामध्ये १ जना र नयाँ २ जना सहित ३ जनाको भरतपुर प्रयोशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको हो । 

संक्रमित तीन जनालाई देबचुली रजहरस्थित प्राकृतिक चिकित्सालयको आईशोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *