खगेन्द्र पराजुली,
२५ जेठ, नवलपुर ।
आज आईतवार नेपालमा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १ सय २ जना निको भएका छन् ।
१ सय २ जना संक्रमणमुक्त भएसँगै कुल ४ सय ६७ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७१ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
आज रोल्पामा संक्रमित भेटिएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment